Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा भुलन सोनार निर्वाचित

वीरगन्ज,२ भदौ: पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पुनः भुलन साह सोनार निर्वाचित भएका छन्। संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सोनार पुनः अध्यक्षमा निर्बाचित भएका हुन्।

शनिबार राति सम्पन्न मतगणना अनुसार, अध्यक्षमा प्रवेश सर्राफलाई १३ मतान्तरले पराजित गर्दै सोनार विजयी भएका हुन्। सोनार १६२ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी सर्राफले १४९ मत मात्रै पाए।

संघको १३ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र दुई सदस्य बाहेक सबै पदाधिकारी र सदस्यमा सोनारकै प्यानल निर्वाचित भएको छ । उपाध्यक्षमा सोनार समुहकै कौशल किशोर सर्राफ १४९ मतका साथ विजयी भएका छन् भने अर्को उपाध्यक्षमा सर्राफ समुहका जयप्रकाश सर्राफ १४४ मतका साथ निर्वाचित भएका छन्।

यस्तै महासचिवमा सोनार समुहका अनिल कुमार सर्राफ १७७ मत, सचिवमा विकास सर्राफ १४६ मत र कोषाध्यक्षमा विजय कुमार सर्राफ १५१ मतका साथ निर्वाचित भएका छन्।

यसैगरी सदस्यमा विजय सर्राफ, विजय कुमार सर्राफ, लक्ष्मण सर्राफ, मनोज साह, शशी सर्राफ,सुरज सर्राफ र पूजा दैवी निर्वाचित भएका छन्।

Related posts

वीरगन्ज नाकामा भारतीय एसएसबीले चलायो गोली (अपडेट)

MadhesKhabar

वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ: अर्थमन्त्री महत

MadhesKhabar

पोखरियाको मालपोत कार्यालयमा मेयर चौहानले गरे अनुगमन

MadhesKhabar

Leave a Comment