Madhes Khabar
स्थानिय

करेन्ट लागेर घाइते वीरगन्जका राजुकाे उपचारका क्रममा मृत्युु

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज ,११माघ : बारामा विद्युतकाे करेन्ट लागेर घाइते भएका वीरगन्जका एक युवककाे उपचारका क्रममा मृत्युु भएकाे छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २७ घर भएका ३० वर्षिय राजु महत्ताे रहेका छन् । गत आइतबार बाराको परवानीपुर गाँउपालिका वडा नम्बर १ बुनियाद स्थित विद्युतकाे पाेलमा चढेर तार मर्मत गर्ने क्रममा करेन्ट लागेर महत्ताे गम्भीर घाइते भएका थिए ।

घाइते महत्ताेकाे एल एस न्युराे अस्पतालमा उपचार भइरहेकाेमा उपचारकै क्रममा बुधबार दिउँसाे मृत्युु भएकाे बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Related posts

पानीको संकटमा परेको वीरगन्जलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी राहतको प्याकेज दिन दलहरुको माग

MadhesKhabar

सिमरामा श्रोत नखुलेको १३ लाख बढी रकमसहित वीरगन्जका एक युवक पक्राउ

MadhesKhabar

वीरगन्जको आदर्शनगर स्थित हजारीमलको जग्गामा वृक्षारोपण

MadhesKhabar

Leave a Comment