Madhes Khabar
स्थानिय

सिमरामा श्रोत नखुलेको १३ लाख बढी रकमसहित वीरगन्जका एक युवक पक्राउ

बारा,३०जेठःबाराको सिमराबाट प्रहरीले श्रोत खुल्न नसकेको १३ लाख बढी रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का २० वर्षीय सुरज कुशवाहा रहेका छन् ।

सिमरा चोकदेखि सिमरा विमानस्थलतर्फ जाँदै गरेका कुशवाहालाई प्रहरीले रोकेर उनको साथमा रहेको झोला खानतलासी गर्दा झोलबाट १३ लाख ७ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बताए । झोलबाट नेपाली १ हजार दरको १ हजार ६७ थान, पाँच सय दरको ४ सय ८० थान रएक सय दरको ५ थान नोट गरी कुल १३ लाख ७ हजार ५ सय रुपैयाँ फेला पारेको उनले बताए ।

कुशवाहाको साथबाट बरामद रकमको श्रोत खुल्न नसकेपछि रकमसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । कुशवाहाको साथबाट विभिन्न व्यवायिक बील,भौचर र सागर मनि ट्रान्सफर वीरगन्जको स्टाम्प समेत बरामद भएको प्रहरीले जनाएको छ । बरामद रकम हुण्डी कारोबारकोे रहेको हुनसक्ने र यसबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरक्षिक जोशीले बताए ।

 

Related posts

भारतबाट तस्करी गरि ल्याइएको २४ लाखको दुई ट्याक्टर गँहु पर्साको लखनपुरबाट पक्राउ

MadhesKhabar

बारामा खुकुरी प्रहार गरेर यादवको हत्या गर्ने थारु पक्राउ

MadhesKhabar

कार्यसम्पादन मुल्यांकनमा बाराकाे परवानीपुर गाउँपालिका मधेस प्रदेश मै सर्वाेत्कृष्ट

MadhesKhabar

Leave a Comment