Madhes Khabar
स्थानिय

पोखरीयाका जनप्रतिनिधिलाइ बिपद ब्यवस्थापन तालिम

मधेसखबर
वीरगन्ज, १४ साउन : पर्साको पोखरीया नगरपालिकाका जनप्रतिनिधिका लागि बिपद ब्यवस्थापन तथा जोखिम न्युनिकरण सम्बन्धि दुइ दिने क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।

तालिममा सहभागी जनप्रतिनिधिहरुलाइ प्राकृतिक बिपद आउनु अघि , विपद आएको समय र विपद आईसकेपछीको जोखिम न्युनिकरण कसरी गर्ने लगायतका बिषयमा तालिम दिइने प्रशिक्षकद्वय सोनाली सिँह पटेल र छबिरमण भटराईले जानकारी दिए ।

पोखरिया नगरपालीकाको विपद ब्यवस्थापन शाखा प्रमुख राजेशवर प्रसाद कुर्मीको अध्यक्षता र मेयर प्रधुमन प्रसााद चौहानको प्रमुख आतिथ्यतामा शनिबार भएको तालिमको उद्घाटन समारोहमा बोल्दै मेयर चौहानले विपद व्यवस्थापनको काम आफनाो मुख्य प्राथमिकतामा रहेको बताए । त्यसका लागि पूर्व तयारीमा नगरपालिकाले काम समेत शुरु गरिसकेको भन्दै उनले विपद व्यवस्थापनमा पनि पोखरिया नगरपालीकालाई नमूना नगरपालीका बनाउने दाबी गरे ।

आईओएम युएसएआईडि एक्सनएडको सहयोगमा आयोजित तालिमममा वडाअध्यक्षहरु , नेपाल रेडक्रस सोसाईटी पोखरीया उपशाखाका सभापति भगवान प्रसाद कुर्मी , सस्त्र प्रहरी बेस क्याम्प पोखरीयाका सशस्त्र प्रहरी निरिक्षक हरिकृष्ण ढकाल , नगरपालिकाको सामाजिक शाखा प्रमुख बाल्मिकी साह, जिन्सी शाखा प्रमुख मनोज साह लगायतको सहभागीता रहेको छ ।

Related posts

अन्य ५ महानगर भन्दा वीरगन्ज महानगरको बजेट खर्च गर्ने क्षमता उत्साहजनक

MadhesKhabar

पर्सामा नलकटुवा पेस्तोलसहित दुई जना पक्राउ

MadhesKhabar

यस वर्षको गोतामे पत्रकारिता पुरस्कार दाङका वरिष्ठ पत्रकार रेग्मीलाई प्रदान

MadhesKhabar

Leave a Comment