Madhes Khabar
स्थानिय

वीरगन्जमा दिपावलीका लागि आफ्नै घरमा झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर १ युवककाे मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,१कार्तिक:वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा दिपावलीकाे झालरबत्ती लगाउने क्रममा बिजुलीकाे करेन्ट लागेर १ जना युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बजार छपकैयाकै लालु साह तेलीका छाेरा १७ वर्षीय पीयूष साह रहेकाे वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निराेज चाैलागाइँले जानकारी दिए।

 

धनतेरसका दिन शनिबार साँझ ६ बजेतिर दिपावलीका लागि आफ्नै एक तल्ले घरमा झालरबत्ती लगाउने क्रममा करेन्ट लागेर साह अचेत भइ लडेका थिए ।स्थानीयले उनलाई उपचारका लागि नारायणी अस्पतालमा लगेकाेमा त्यहाँ उपचार हुन नसकेपछि नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटाेमै उनकाे मृत्यु भएको प्रहरी निरीक्षक चाैलागाइँले जानकारी दिए।

Related posts

पर्साको बलुवा गाँउमा प्रहरीको छापा, १२० बोरा भारतीय सख्खर बरामद

MadhesKhabar

जनताकाे गुनासो सुन्न मेयर सिंह गाउँमा

MadhesKhabar

बारामा क्याम्पस प्रमुख कुशवाहाकाे गाेली हानी हत्या

MadhesKhabar

Leave a Comment