Madhes Khabar
स्थानिय हेडलाइन

बारामा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु, ४ जनाको उपचार जारी

वीरगन्ज,११असोजःबारामा शुक्रबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका ६ जना मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१४ बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार बेलुकी ७ः४० बजेतिर ४ जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बि आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते भएका थिए ।

तीमध्ये उपचारका क्रममा शनिबार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका–११ कचोर्वाकी ३७ वर्षीया जुही साह र प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकलमा सवार महागढीमाई नगरपालिका–१ का १८ वर्षीय समशाद आलम देवान रहेका छन् ।

जुहीको बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजे र आलमको भने त्यहि अस्पतालमा उपचारका क्रममा शनिबार बिहान २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए ।

दुर्घटनामा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार मृतक जुहीका पति ३८ वर्षीय किशोरी साह, उनका दुई छोराहरु १३ वर्षीय कौशल साह र १२ वर्षीय कृष्ण साह तथा महागढीमाई नगरपालिका–१ बस्ने १८ वर्षीय अफताब आलम घाइते छन् ।

तीमध्ये मृतक जुहीका पति किशोरीको कलैया हस्पिटल प्रालिमा र उनका दुई छोराहरु कौशल र कृष्णको भने वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए । अर्का घाइते अफताबको पनि नेशनल मेडिकल कलेजमै उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको नेपालले बताए ।

 

Related posts

वीरगन्जसहित पर्सा जिल्लामै सुरक्षित गर्भपतन गराउने युवती र महिलाहरुको संख्या बढ्दै

MadhesKhabar

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

MadhesKhabar

सखुवाप्रसौनीमा भूमी आयाेगकाे अभिमुखीकरण, १ हजार २१५ जनाकाे विवरण संकलन

MadhesKhabar

Leave a Comment