Madhes Khabar
स्थानिय

पर्साकाे गाँउबाट सालकाे गाेलीया काठ र साइकल बरामद

मधेसखबर
वीरगन्ज ,१४चैत: पर्साकाे ग्रामीण भेगका विभिन्न स्थानबाट प्रहरीले सालकाे गाेलीया काठ र साइकल बरामद गरेकाे छ ।

पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ बैजनाथपुरबाट प्रहरीले एक थान सालकाे गाेलीया काठ र एक थान साइकल बरामद गरेकाे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी सहायक निरीक्षक पवन कुमार कुशवाहाले जानकारी दिए ।

यस्तै पर्सागढी नगरपालिका वडा नम्बर ४ बाट पनि प्रहरीले सालकाे गाेलीया काठ ३ थान र साइकल ३ थान बरामद गरेकाे प्रहरी चाैकी बढ्निहारका प्रहरी सहायक निरीक्षक देवेन्द्र गिरिले जानकारी दिए ।

बरामद काठ र साइकल आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

बारागढी–६ का वडाध्यक्ष तेलीको निधन

MadhesKhabar

तेली कल्याण समाजकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन

MadhesKhabar

पर्साकाे मसिहानीमा घरभित्रै भेटियाे घाँटी रेटिएकाे अवस्थामा महिलाकाे शव

MadhesKhabar

Leave a Comment