Madhes Khabar
स्थानिय हेडलाइन

तेली कल्याण समाजकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन

मधेसखबर
वीरगन्ज ,०७ असाेज : तेली कल्याण समाज नेपालकाे केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद तेली चयन भएका छन् ।

वीरगन्जमा असाेज ५ र ६ गते सम्पन्न समाजकाे तेश्रो केन्द्रीय महाधिवेशनले तेलीकाे अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतले चयन गरेकाे हाे । समाजकाे केन्द्रीय वरिष्ठ उपाध्यक्षमा उम्देश्वर सा, उपाध्यक्षमा कपिलदेव साह,जगन्नाथ प्रसाद र नेपाली साह चयन भएका छन् ।

यसैगरि समाजकाे केन्द्रीय महिला उपाध्यक्षमा निलम साह , महासचिवमा सत्यनारायण साह, सचिवमा दिलिपचन्द्र साह र काेषाध्यक्षमा डाक्टर साेनेलाल साह चयन भएकाे निर्वाचन समितिका संयाेजक अरविन्द साहले जानकारी दिए ।

समाजकाे केन्द्रीय सदस्यमा बाराका जाेगिन्द्र साह, राैतहटका रमानन्द साह,नवल साह , दाङका रामलक्ष्मण साह, महिला सदस्यमा महाेत्तरीकी शाेभा साह,सर्लाहीकी सुनिता देवी साह र सप्तरीकी सुमिता कुमारी साह चयन भएकाे समाजका पर्सा अध्यक्ष ध्रुब साहले जानकारी दिए ।

Related posts

वीरगन्जलाइ सधैं हेपियो तर अब एमाले सरकार बनेपछि त्यस्तो हुदैन

MadhesKhabar

गलत समाचार लेखेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग वीरगन्जका मेयर सिंहकाे आग्रह

MadhesKhabar

पर्सा ४ मा काँग्रेसको चुनावी गतिविधी तिब्र , रिजाल प्रति जनलहर बढ्दै

MadhesKhabar

Leave a Comment