Madhes Khabar
स्थानिय हेडलाइन

सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने

वीरगन्ज, २२साउन : यसवर्षको सुबोध स्मृति पुरस्कार वीरगन्जका वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहद्वारा स्थापित ५१ हजार नगद राशिको सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

प्रतीक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा बसेको बैठकले यस वर्षको सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरेको प्रतीक दैनिकका सम्पादक शत्रुधन नेपालले जानकारी दिए ।

यसअघि यो पुरस्कार फोटो विधाका पत्रकार मात्रै प्रदान गरिंदै आएकामा गत वर्षदेखि भने अन्य विधाका पत्रकारलाई पनि प्रदान गर्न थालिएको हो ।गत वर्ष यो पुरस्कार पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिएको थियो ।

नेपालका अनुसार, यसपालिको पुरस्कार प्रतीक दैनिकको वार्षिक उत्सवको अवसरमा आगामी भदौ १ गते एक कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ ।बैठकमा समूहका निर्देशक जगदीश प्रसाद शर्मा, मधुप शर्मा, व्यवस्थापक विकाश शर्मा , सहसम्पादक आरके पटेल, राधेश्याम पटेललगायतकोपनि सहभागिता थियो ।

Related posts

सिमलताल दुर्घटनाका थप २ यात्रुको शव बिहारको बगाहामा भेटियो

MadhesKhabar

रेडक्रस सोसाईटी पर्साको सभापतिमा पटेल विजयी

MadhesKhabar

नेपालमा भारुकाे भाउ घट्नुकाे कारण हुन्डी, तस्करी कि भारतीय पर्यटक ?

MadhesKhabar

Leave a Comment