Madhes Khabar
स्थानिय

बारामा छाेराले नै आमामाथि बलात्कारको प्रयास गरेकाे भन्दै प्रहरीमा उजुरी

सांकेतिक फोटो

बारा,२९असाेज: बारा जिल्लाको निजगढमा आफ्नै छोराले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाउँदै आमाले प्रहरीमा उजुरी दिएकाे घटना प्रकाशमा आएकाे छ ।

बाराकाे निजगढ नगरपालिकामा ५६ वर्षीया महिलाले आफूमाथि आफ्नै छोराले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकाे घटना प्रकाशमा आएकाे हाे।

पीडित भनिएकी महिलाले आफ्ना ३६ वर्षीय छोराविरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएकी हुन् ।

पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडित भनिएकी महिलाले आफूमाथि छोराले असोज २६ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै उजुरी गरेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २७ गते प्रादेशिक अस्पताल कलैयामा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । घटना पश्चात् आरोपित फरार भएकोले उनकाे खोजतलास भइरहेका श्रेष्ठले बताए ।

Related posts

वीरगन्जमा `युवा’ द्वारा सञ्चालित ‘यूथ एक्सेस’ परियोजनाको दातृ निकायद्वारा अनुगमन

MadhesKhabar

‘बैभव वीरगन्ज’को धार्मिक,औद्योगिक र पर्यटन विशेषांक पुस्तकको मेयर सिंहले गरे बिमोचन

MadhesKhabar

अदालतको सम्मान गर्दै कांग्रेस नेता शाहबुद्धिनले महानगरलाई फिर्ता गरे करोडौंको जग्गा

MadhesKhabar

Leave a Comment