Madhes Khabar
मधेस प्रदेश

जसपाका प्रदेश सांसद कौशल यादव लोसपामा प्रवेश

मधेसखबर
वीरगन्ज,२१ असोज : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एंव मधेस प्रदेशका प्रदेशसभा सदस्य कौशल किशोर यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।

आगामी निर्वाचनका लागि दलहरु बिच चुनावी तालमेल र सिट बाँडफाँडको निर्णायक वार्ता चलिरहेका बेला यादव , जसपा परित्याग गरि लोसपामा प्रवेश गरेका हुन् ।
जसपा नेपाल परित्याग गरेका यादवलाई शुक्रबार काठमाण्डौ स्थित लोसपाको पार्टी केन्द्रिय कार्यालयमा लोसपाका राष्ट्रिय अध्यक्ष महन्त ठाकुर , वरिष्ठ नेता शरतसिंह भण्डारी , मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पार्टी प्रवेश गराएका हुन् ।

महोत्तरीको निर्वाचन क्षेत्र नं. ४ को (क) बाट तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा नेपाल) बाट निर्वाचित प्रदेश सांसद यादव लोसपामा प्रवेश गरेका हुन् ।

Related posts

सर्लाहीमा माटाेकाे ढिस्काेमा पुरिएर ४ जनाकाे मृत्यु

MadhesKhabar

नेपाल र भारतका जनताबिचको सम्बन्ध अतुलनीय छ : मुख्यमन्त्री यादव

MadhesKhabar

सशस्त्र डिआइजी ठाडा मगरका चार जना घुमुवा विरुद्ध पक्राउ पूर्जी जारी

MadhesKhabar

Leave a Comment