Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा माटाेकाे ढिस्काेमा पुरिएर ४ जनाकाे मृत्यु

सर्लाही,१५असाेज:सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । बुधबार बिहान हरिपूर्वा–१ स्थित हर्दी खोलाको किनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्यु हुनेहरुमा महोत्तरी जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मंसुर र ६ वर्षीया छोरी सविवा खातुन रहेको प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए।

Related posts

८६ हजार विद्यार्थीलाई झोला वितरण गर्दै मधेस सरकार

MadhesKhabar

विमान दुर्घटनाको शाेकमा मधेस प्रदेश सभामुखकाे मतदान स्थगित

MadhesKhabar

सर्लाहीमा कबाडी गोदामको खाली जमिनमुनि गाडेर राखिएको ५३ राउण्ड गोली बरामद

MadhesKhabar

Leave a Comment