Madhes Khabar
मधेस प्रदेश

नेपाल र भारतका जनताबिचको सम्बन्ध अतुलनीय छ : मुख्यमन्त्री यादव

धनुषा,१बैशाख:मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतका जनता-जनता बिचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् । नयाँ वर्षको अवसर पारेर जनकपुरधाममा शनिबार आयोजित द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनता-जनता बिचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको बताएका हुन् ।

नेपाल—भारत बिचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता-जनता बिच रहेको उनले उल्लेख गरे । सीमा क्षेत्रमा सुरक्षा र राजश्वको नाममा केही वर्ष यता सर्वसाधारण सँग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देश बिचको सदियौँ पुरानो सम्बन्धलाई नै खलल पुर्‍याउने कार्य भइरहेको उल्लेख गर्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रह गरे ।

भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत डिएस मिनाले दुई देश बिचको साझा संस्कृतिको प्रदर्शनकै लागि जनकपुरधाममा सांस्कृतिक महोत्सवको आयोजना गरिएको बताए । महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरूको फोटो प्रदर्शनी गरिएको थियो । महोत्सव अन्तर्गत साझा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ ।साभार:राताेपाटीबाट

Related posts

राैतहटमा क्रसर माफियाकाे आक्रमणबाट पत्रकार यादव घाइते

MadhesKhabar

मुख्यमन्त्री राउत फेरि निर्वाचित, काँग्रेसका कुर्मी १३३३ मतले पराजित

MadhesKhabar

ट्रकको ठक्करबाट एक जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment