Madhes Khabar
मधेस प्रदेश

राैतहटमा क्रसर माफियाकाे आक्रमणबाट पत्रकार यादव घाइते

वीरगन्ज ,४भदाैं : राैतहटमा अवैध क्रसर उद्योगका माफियाकाे आक्रमणबाट पत्रकार राकेश यादव घाइते भएका छन् ।

वृन्दावन नगरपालिका वडा नम्बर १ मा मापदण्ड विपरीत सञ्चालित शिवम क्रसर उद्योगमा समाचार संकलनका लागि पुगेका हिमालयन टेलिभिजनका संवाददाता समेत रहेका पत्रकार यादवमाथि क्रसर सञ्चालक र उनका कर्मचारीहरुकाे समुहले सांघातिक आक्रमण गरी घाइते बनाएका हुन्।

शिवम क्रसर उद्योगमा खोलाबाट उत्खनन् गरिएका नदिजन्य वस्तु अवैधमा थुपारिएको तथा जिल्ला अनुगमन समितिबाट स्टक परिक्षण नगराईकन बिक्रीवितरण गर्दै आएको सुचना प्राप्त भएपछि त्यसै विषयमा समाचार संकलनका लागि त्यहाँ पुगेका बेला पत्रकार यादवमाथि आक्रमण गरी उनकाे क्यामेरापनि फुटाइएकाे थियाे ।

घटनामा संलग्न मध्ये क्रसर उद्योगका ३ जना कर्मचारीलाइ इलाका प्रहरी कार्यालय गरुडाको टोलीले साेमबार साँझ पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा महोत्तरीकाे बर्दिवास नगरपालिका १४ का राजदेव ठाकुर, सर्लाहीको बरथवा नगरपालिका १८ का महेश चौधरी र बृन्दावन नगरपालिका ४ हरैयाका राधेश्याम यादव रहेका छन् ।

यसैबिच नेपाल पत्रकार महासंघ राैतहट शाखाका सचिव मदन ठाकुरले एक विज्ञप्ति जारी गरेर घटनामा संलग्न शिवम क्रसर उद्योगका कर्मचारी माथि कडा कारबाही गर्न माग गरेका छन् ।

Related posts

सर्लाहीमा स्कूटर दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा गम्भीर घाइते

MadhesKhabar

मुम्बईबाट उद्दार गरिएका रौतहटका ८ जना बालबालिकलाई अभिभावकको जिम्मा लगाइयो

MadhesKhabar

राैतहटकाे चपुरमा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment