Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मुख्यमन्त्री राउत फेरि निर्वाचित, काँग्रेसका कुर्मी १३३३ मतले पराजित

मधेसखबर
वीरगन्ज,०७ मंसिर : मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धी पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएका छनर ।
पर्सा क्षेत्र नम्बर १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत ७ हजार ५ सय ४५ मतका साथ पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मङगलबार अबेर राति घोषित मतगणनाको अन्तिम परिणाम अनुसार , राउत ७ हजार ५ सय ४५ मतका साथ निर्वाचित हुदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीले ६ हजार २ सय १२ मत पाए । राउत र कुर्मी बिचको मतान्तर १ हजार ३ सय ३३ रहेको छ ।

राप्रपाका उम्मेदवार विनय झाले २ हजार ८ सय ४१ मतका साथ तेश्रो स्थानमा रहे भने चौथो स्थानमा रहेका हाम्रो नेपाली पर्टीको चुनाव चिन्ह लौरो लिएर उम्मेदवार बनेका ओम प्रकाश सर्राफले २ हजार २९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार शशीकपुर मियाँले भने १ हजार ८० मत पाएका छन् ।

२०७४ को निर्वाचनमा राउत , यहि क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम( हालको जसपा) को उम्मेदवार बनेर ९ हजार ८ सय ४ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार विय सर्राफले ६ हजार ८ सय २९ मत मात्रै पाएका थिए ।

Related posts

स्थगित स्ववियु निर्वाचनको माग गर्दै विधार्थी संगठनहरुले ठाकुरराम क्याम्पसमा फेरि गरे तालाबन्दी

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जमा गौरी गाई (गौर) को संख्या बढयो

MadhesKhabar

दलका नेताहरुलाई भेटेर भोट माग्दै उपराष्ट्रपतिका उम्मेदवार यादव

MadhesKhabar

Leave a Comment