सर्लाही,५ असार : सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का १८ वर्षीय जुमुन मियाँ रहेका छन्।
शुक्रबार बिहान करिब ४ बजे मियाँले विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेका थिए । त्यसपछि उनि यादवकको घर नजिकै रहेको मनोज सहनीको घरमा पनि चोरी गर्न पुगेका थिए। सहनीको चोरी गर्न लागेको अवस्थामा घरधनीकी श्रीमतीले देखेपछि होहल्ला हुँदा उनले चोरीकै गाडीमा चोरी गर्न गएको खुलेको थियो।
उनलाई सर्लाही प्रहरीले पक्राउ गरिसकेको छ। उनको साथबाट मधेस प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी समेत बरामद भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पिकअप २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवनको क्षेत्रबाट हराएको तथ्य खुलेको छ।
चोरी भएको गाडीसँग मेल खाएको सर्लाही प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए।साभारःअन्नपूर्णपोष्ट

