
महाेत्तरी,१०बैशाख:महोत्तरीको बर्दिबासमा साेमबार दिउँसाे मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर ५ घर भएका मोटरसाइकल चालक ३५ बर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ बर्षीया शिवानी चौधरी रहेकाे प्रहरीले जनाएको छ ।
बर्दिबास नगरपालिका वडा नम्बर ३ कालापानी जंगलस्थित सडकमा बा प्र ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

