Madhes Khabar
मधेस प्रदेश

बर्दिबासमा माेटरसाइकल दुर्घटना हुदाँ श्रीमान्-श्रीमतीको मृत्युु

सांकेतिक फाेटाे ।

महाेत्तरी,१०बैशाख:महोत्तरीको बर्दिबासमा साेमबार दिउँसाे मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीकाे ईश्वरपुर नगरपालिका वडा नम्बर ५ घर भएका मोटरसाइकल चालक ३५ बर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ बर्षीया शिवानी चौधरी रहेकाे प्रहरीले जनाएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर ३ कालापानी जंगलस्थित सडकमा बा प्र ०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related posts

सिमरा विमानस्थल अब १८ घण्टा सन्चालन

MadhesKhabar

वीरगन्जमा ट्रेड युनियन कांग्रेसको मधेस प्रदेश अधिवेशन सम्पन्न : अध्यक्षमा यादव चयन

MadhesKhabar

बाराबाट स्वतन्त्र जितेका प्रदेश सांसद कलवार जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment