Madhes Khabar
मधेस प्रदेश

रिटर्नी फेडेरेशन नेपालको रौतहट अध्यक्षमा चौधरी

मधेसखबर

वीरगन्ज,०१असार:नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गिय संगठन रिटर्नी फेडेरेशन नेपाल रौतहटको अध्यक्षमा मदन चौधरी  चयन भएका छन् ।

गरुडा स्थित तुलसीलाल स्मृति भवनमा आयोजित भेलाले ३५ सदस्य जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको होे । कमिटीको उपाध्यक्षमा ओली उल्लाह, लालबाबु साह, सचिवमा जंग बहादुर महत्तो, सहसचिवमा पूर्णदेव चौधरी, विनोद कुमार कार्की, कोषाध्यक्षमा नविन चौरसिया लगायत रहेका नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्र आचार्यले जानकारी दिए । वैदेशिक रोजगारबाट फर्किएकाहरुको संगठन रहेको रिटर्नी फेडेरेशनले विदेशमा सिकेका सिपलाई स्वदेशमै उपयोग गरेर स्वालम्बी बनाइ मुलुकको समृद्धि , विकासमा योगदान गर्ने उद्धेश्य फेडेरेशनको रहेको फेडेरेशनका केन्द्रिय सदस्य एवम् भेलाका अध्यक्ष खेम कार्कीले बताए । राज्यले विदेशमा नेपालीले सिकेको सीप अनि दक्षतालाई सदुपयोग गर्न नसकेको अवस्थामा फेडेरेशनले वैदेशिक रोजागरबाट फर्किएकाहरुलाई संगठित गरेर उनीहरु सिपलाई सही ढंगले देश र जनताको लागि प्रयोग गर्न फेडेरेशन लागिरहेको उनको भनाइ छ ।

‘रिटर्नीको ज्ञन, सीप,पूँजी र रोजगार, समृद्ध नेपाल निर्माणको दिगो आधार’ भन्ने मुल नारा सहित स्थापित फेडेरेशनले देशैभरका रिटर्नीहरुलाई संगठित गरि संगठन विस्तार गरिरहेको फेडेरेशनका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेश इन्चार्ज रामकृष्ण घिमिरेले जानकारी दिए । नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ ले वैदेशिक रोजगार रहर नभएर वाध्यता रहेको बताउँदै रिटर्नीहरुले विदेशका सिपलाई स्वदेशमै प्रयोग गरेर देशमा रोजगारको अवसर सृजना गरि वैदेशिक रोजगारको वाध्यतालाई अन्त्य गर्न पहल गर्नुपर्नेमा जोड दिए । भेलाका प्रमुख अतिथि नेकपा एमाले मधेश प्रदेश उपसचिव आरती भण्डारीले वैदेशिक रोजगारको ज्ञानलाई उद्यमशीलतामा परिणत गरेर ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानलाई टेवा पु¥याउन फेडेरेशन योजनावद्ध ढंगले लाग्नुपर्नेका जोड दिइन्ए ।

नवनिर्वाचित अध्यक्ष चौधरीले संगठनले अब रौटहट जिल्लामा रहेका वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्दै उनीहरुको सिप, दक्षता, क्षमता, ज्ञान एवम् पुँजीलाई कसरी स्वदेशमै सदुपयोग गर्न सकिन्छ भनेर योजना बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।

Related posts

सर्लाहीको लखनदेई पुलमुनि भेटियो एक युवकको टाउको

MadhesKhabar

पकहामैनपुर गाँउपालिकाले ल्यायो ३९ करोडको बजेट

MadhesKhabar

स्कुल बसको ठक्करबाट २ महिलाको मृत्यु, ६ जना घाइते

MadhesKhabar

Leave a Comment