Madhes Khabar
मधेस प्रदेश

रौतहटमा कार र ट्रक आपसमा ठोकिँदा १ जनाको मृत्यु

रौतहट,२६मंसिरःपूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार बिहान कार र ट्रक आपसमा ठोकिँदा १ जना बृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर.३ सिगौलका ७९ वर्षीय भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित पूर्व–पश्चिमको लच्का नजिकै बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा बिपरीत दिशाबाट जाँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ठोक्किदा कारमा सवार खत्रीको मृत्यु भएको हो ।

र्दुघटनामा कारका चालक दिनेश थपलिया र त्यसमा सवार चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का डोरमणी सापकोटा घाइते भएका छन्। उनीहरुको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक मकवानपुरको हेटौडा– ७ का ५३ बर्षिय श्याम बहादुर तितुङलाइ प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक रुपा लाबुङले जानकारी दिइन् ।

Related posts

धनुषामा प्रहरी र बन्दुकधारी समुह बीच गोली हानाहान

MadhesKhabar

काँग्रेस शीर्ष नेतृत्वलाइ जनकपुरको गतिलो झापड – मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज विजयी

MadhesKhabar

लालबाबुको पालामा सन्चालित मुख्यमन्त्री स्वच्छता अभियान अलपत्र

MadhesKhabar

Leave a Comment