Madhes Khabar
मधेस प्रदेश

प्रेस युनियन मधेस प्रदेशको भेला सम्पन्न

वीरगन्ज,२६असोज : नेपाल प्रेस युनियन मधेस प्रदेशको भेला शुक्रवार सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण प्रसाद यादवले प्रेस युनियन मजबुत भएमा मात्रै नेपालको पत्रकारिता क्षेत्र मजबुत हुने दाबी गरे ।

प्रेस स्वतन्त्रताको लागि प्रेस युनियनले नै वकालत गर्दै आएको बताउँदै उनले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा देखिएका विभिन्न चुनौतीको समाधान पनि युनियनकै पहलमा हुने विश्वास व्यक्त गरे । मधेस प्रदेशका भौतीक पूर्वाधार विकास मन्त्री समेत रहेका यादवले नेपाली कांग्रेस नै देशको पूरानो पार्टी भएको बताउँदै विकास र समृद्धिको ढोका पनि कांग्रेस बिना सम्भव नहुने जिकिर गरे ।

भेलालाई मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, केन्द्रीय उपाध्यक्षद्वय अनिल कर्ण, जीवन भण्डारी, महासचिव दिलिप पौडेल, सचिवद्वय अशोक तिवारी र अजित तिवारी, केन्द्रीय सदस्यहरु निलिमा पौडेल, सञ्ज्य कार्की, गणेश रिजाल लगायतलेसम्बोधन गरेका थिए ।

त्यसअवसरमा प्रेस युनियनको सल्लाहकार समितिमा मनोनित नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, प्रेस युनियन पर्साका किशोर सिंह, प्रेस युनियन धनुषाका शैलेन्द्र झा, बाराका सिकेन्द्र पासवानलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

 

Related posts

निजगढ विमानस्थल कुनै पनि बहानामा अन्त सार्न पाइदैन : मुख्यमन्त्री राउत

MadhesKhabar

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

MadhesKhabar

सप्तरीमा पैसाका लागि बीमा गरेर श्रीमानको हत्या

MadhesKhabar

Leave a Comment