Madhes Khabar
मधेस प्रदेश

नागरिकता विधेयक पारित गरेर छाड्छौं : उपेन्द्र यादव

मधेसखबर
वीरगन्ज, १२ भदौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दाबी गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष यादवले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर संघर्षमा रहेको बताए । उनले सरकार र सदनबाट नभए सडक संघर्ष गरेर भएपनि नागरिकता विधेयक पारित गरिने जिकिर गरे ।

उत्पीडित जाति समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर संंघर्ष जारी रहेको बताउँदै उनले सदियौंदेखिको उत्पीडित जाति समुदायले समान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि नआउने बताए ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले देशमा चाँडै मलखादको समस्या समाधान हुने आश्वासन दिए ।यादवले पहिचान, प्रतिनिधित्व, समावेशिता र अधिकारका लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

Related posts

मधेस सरकारमा कांग्रेसका मन्त्रीहरुले आज शपथ लिदैं ,पर्साका क्षेत्रीले पाए कृषि मन्त्री

MadhesKhabar

मधेसमा कांग्रेसका मन्त्री बर्खास्त, एमाले नेता यादव मन्त्री नियुक्त

MadhesKhabar

राैतहटमा चक्कु प्रहारबाट घाइते युवककाे मृत्युु

MadhesKhabar

Leave a Comment