Madhes Khabar
मधेस प्रदेश हेडलाइन

बल्ल खुल्याे मधेस सरकारकाे आँखा : वीरगन्जमा पानीकाे संकट समाधानका लागि स्रोतसाधन परिचालन गर्ने निर्णय

वीरगन्ज,२६असार:मधेस प्रदेश सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गरेकाे छ।बिहीबार साँझ बसेकाे मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकाे हाे।

वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।मन्त्रीपरिषद बैठकले सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्दै मधेस प्रदेशका किसानहरुका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णयपनि गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेकाे छ।

यसैगरी मन्त्रिपरिषदको बैठकले वीरगन्जसहित मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएकाे खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णयपनि गरेको छ । खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषदले गरेको मुख्यमन्त्री सिंहले बताए ।

Related posts

जसपा नेपालबाट फुटेर बनेकाे नयाँ दल जसपालाई निर्वाचन आयाेगले दियाे वैधानिकता

MadhesKhabar

समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्न प्रधानमन्त्रीसंग मेयर सिंहको माग

MadhesKhabar

गरुडामा झडप हुदाँ ११ राउन्ड हवाइ फायर, प्रहरी सहित सात जना घाइते

MadhesKhabar

Leave a Comment