Madhes Khabar
राजनीति हेडलाइन

जसपा नेपालबाट फुटेर बनेकाे नयाँ दल जसपालाई निर्वाचन आयाेगले दियाे वैधानिकता

काठमाडौं,२४बैशाख:अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयाेगबाट दल दर्ताको प्रमाणपत्र लिएको छ। निर्वाचन आयोगले साेमबार अध्यक्ष राईलाई दल दर्ताको प्रमाण पत्र हस्तान्तरण गरेको हो।

निर्वाचन आयोगका आयुक्तहरूको बसेको बैठकले जसपालाई दलको मान्यता दिएको हो। जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको हो।

राईले आइतबार प्रदीप यादव लगायतका ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए। राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्।

Related posts

लोकतन्त्र ,संविधान र संघीयता रक्षाका लागि काँग्रेसलाई मत दिन चौरसियाको अपिल

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तारमा सर्वोच्चको बाधा : सडक चौंडा नहुदाँ वीरगन्जबासीलाई सास्ती

MadhesKhabar

समानुपातिक सांसदको बन्दसूचीमा विभेद गरिएको भन्दै महिलाहरूको प्रदर्शन

MadhesKhabar

Leave a Comment