Madhes Khabar
समाचार

वीरगन्ज महानगरको कार्यपालिका सदस्यका लागि मतदान जारी

मधेसखबर
वीरगन्ज, २०जेठ
: वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्य चुन्नका लागि शुक्रबार मतदान भइरहेको छ ।
महानगरपालिकाको कार्यापालिकाका ८ सदस्य चयनका लागि जिल्ला समन्वय समिति परिसरमा मतदान जारी छ । बिहान १० बजे देखि शुरु मतदान दिउँसो २ बजे सम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्य गरि कुल ८ सदस्य पदका लागि भइरहेको निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्य गरि कुल १ सय ६२ मतदाता रहेका छन् ।
कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली काँग्रेसले गठबन्धन गरेका छन् । उता नेकपा एमालेले र लोसपाले पनि छुटटै गठबन्धन गरेर उम्मेदवारी दिएका छन् । ८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
५ महिला सदस्यका लागि काँग्रेस जसपाको गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक ,नितु कुमारी राय र राधादेवी कार्की तथा जसपाबाट कलावती देवी राजपुतिन र रबुलसनन खातुनको उम्मेदवारी परेको छ । यस्तै एमाले लोपाको गठबन्धनबाट एमोलेकी अमरी देवी चमार ,कान्ति देवी ,मन्जु देवी र संगीता देवी तथा लोसपाबाट पतिया देवीले उम्मे्दवारी दिएका छन् ।


दलित वा अल्पसंख्यक तर्फ ३ सदस्य पदका लागि काँग्रेस जसपाको गठबन्धनबाट काँग्रेसका कन्हैया प्रसाद तथा जसपाका खैरुद्धिन मिया धोबी र निरन्जन प्रसाद सोनारको उम्मे्दवारी परेको छ । यस्तै एमाले लोसपा गठबन्धनबाट एमालेका अजय कुमार गुप्ता ,ओम प्रकाश साह र राजकिशोर गुप्ताले उम्मेदवारी दिएका छन् ।
बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा मेयर जसपाले , उपमेयर काँग्रेसले , १३ वटा वडा वडा अध्यक्ष जसपाले , ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले , ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको थियो ।

Related posts

मन्त्री यादवको एक वर्षे उपलब्धिः वीरगन्जमा २५० बोरिंग जडान,४५० करोडको बृहत खानेपानी योजनाको काम सुरु

MadhesKhabar

नेतृत्वको असक्षमताका कारण पत्रकार महासंघकाे चुनाव फेरि स्थगित

MadhesKhabar

महोत्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

MadhesKhabar

Leave a Comment