Madhes Khabar
समाचार

भ्रष्टाचारी र घुसखोरीवालाहरुको दिन सकिएको राजेशमानको दाबाी

मधेसखबर
वीरगन्ज, २६ बैशाख :
वीरगन्ज महानगरपालिकाको जसपाका मेयर उम्मेदवार राजेशमान सिंहले विगतको नेतृत्वले गरेका भ्रष्टचार र विकृतिबाट आजित भएका वीरगन्जवासीले यसपाली गठबन्धनका उम्मेदवारलाइ विजयी बनाउने दाबी गरेका छन् ।
साोमबार वीरगन्ज ८ मा चुनावी घरदैलो पछि प्रतिक्रिया दिने क्रममा गठबन्धनका साझा उम्मेदवार समेत रहेका राजेशमानले भने ,‘ विगतको नेतृत्वले गरेका भ्रष्टचार र लुटबाट जनता आजित भएको मैले पाएको छु , त्यसैले यसपाली हामीलाइ जनताले नेतृत्वमा पुरयाउदैछन् ।
उनले गत निर्वाचनमा पराजय भएर पनि आफुले आपत विपतमा जनताकै सेवामा समर्पित भएको स्मरण गराउदै यसपाली जनताले आफुले गरेका कामको सही मुल्यांकन गरिरहेकाले आफुहरुको जित सुनिश्चित भएको जिकिर पनि गरे ।
यसअघि आइतबार वीरगन्ज ३१ क मतदातासंगको भेटघाटमा पनि राजेशमानले अब भ्रष्टाचारी र घुसखोरीवालाहरुको समय सकिएको बताए । वीरगन्जबासीलाई झुठा आश्वासन दिएर मधेशी जनताको मतबाट पदमा पुगेर अहिले मतको अपमान गर्दै मधेशविरोधी पार्टीमा प्रवेश गरेका व्यक्तिलाई अब जनताले विश्वास नगर्ने राजेशमानको दाबी थियो ।
उनले जनतालाई बिकासको आभाष दिलाएर प्रशासनिक कामलाई सहज, सरल र पारदर्शी बनाइने प्रतिबद्धता पनि जनाए ।

Related posts

पत्रकार महासंघ पर्साका नवनिर्वाचित सदस्य प्रमोद यादव सम्मानित

MadhesKhabar

वीरगन्ज कृषि औजार कारखानाका लागि किताब बेचेर महावीर पुनले धरानमा उठाए झन्डै १ करोड

MadhesKhabar

पर्साको भौराटारबाट गाँजा र अफिमसहित एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment