पर्सा,१९पुसःनेपाल पत्रकार महासंघ पर्साका नवनिर्वाचित सदस्य प्रमोद यादवलाई सम्मानित गरिएको छ । पर्साको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा शुक्रबार आयोजित प्रहरी निरीक्षकको विदाई तथा स्वागत कार्यक्रममा मधेस खबरका संवाददातासमेत रहेका यादवलाई सम्मानित गरिएको हो ।
सामाजमा शान्ति सुरक्षा र सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा पत्रकार यादवलाई प्रशंसापत्र प्रदान गरि खादा ओढाएर सम्मानित गरिएको हो ।
कर्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट सरुवा भएका प्रहरी निरीक्षक मोहनजंग बुढाथापालाई सम्मानसहित विदाई तथा उनको ठाँउमा सरुवा भई आएका प्रहरी निरीक्षक थापालाई स्वागत गरिएको थियो ।
कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

