काठमाडौं,२३पुसःमंगलबार बिहान नेपाल–चीन सीमामा पर्ने तिब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि नेपालमा १३ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार बारामा ११, काठमाडौंमा १ र काभ्रेमा १ जना घाइते भएका हुन्।
भूकम्पले बारा, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, काठमाडौं, सिन्धुपाल्चोक र रामेछापमा क्षति गरेको छ। भुकम्पको धक्का महसुस हुदाँ बाराको कलैयास्थित श्री ३ चन्द्रमाविका ११ जना विद्यार्थीहरु बहोश भएका थिए । उनिहरुको कलैयास्थित प्रादेशीक अस्पतालमा उपचार गरि घर पठाइएको थियो ।
भूकम्पले विभिन्न जिल्लामा ९ वटा भौतिक संरचनामा क्षति पुगेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ६ः५० बजे चीनको तिब्बतको दिंगे काउन्टी केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
उक्त भूकम्पमा परि चीनमा भने मृत्यु हुनेको संख्या ९५ पुगेको छ । त्यस्तै १३० जना भन्दा बढी घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।रहेको पनि समाचारमा उल्लेख छ।
बिहान ६ः५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।वीरगन्ज,काठमाडौ लगायत विभिन्न ठाउँमा मानिसहरू घरबाहिर निस्किएका थिए।

