Madhes Khabar
समाचार

वीरगन्जमा तस्करी गरि ल्याइएको १९ लाखको मोबाइल र घडीसहित एक भारतीय पक्राउ

वीरगन्ज ,३ असार : भारतबाट तस्करी गरि ल्याइएको मोबाइल र घडी ठूलो परिमाणसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ वदननगरस्थित एक घरत्राट १९ लाख रुपैया मुल्य बराबरको मोबाइल र घडीसहित भारत बिहारको पूर्वी चम्पारण जिल्लाको अमवा विसुनपुरका ३३ वर्षिय मनोज कुमारलाई पक्राउ गरेको हो ।

वदननगरका मनोज साहको घरमा डेरा लिई बस्दै आएका भारतीय नागरिक मनोज कुमारको कोठामा प्रहरीले खानतलाशी गर्दा विभिन्न ब्राण्डका ५९ थान मोबाइल र १८५ पिस घडी बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

मनोज कुमारको कोठामा खानतलाशी गर्र्दा एप्पल, सामसुङ, भिभो , रेडमी लगायतका ब्राण्डका महङगा मुल्यका मोबाइल तथा टाइटन, सोनाटा लगायतका कम्पनिका घडीहरु बरामद भएको गिरिले बताए ।

पक्राउ परेका मनोज कुमारले भारतबाट राजश्व छलेर महङगा मुल्यका मोबाइल र घडीहरु वीरगन्जमा ल्याइ डेराको कोठामा भण्डारण गरि नेपादको विभिन्न शहरमा आपुर्ति गर्दै आएको सुचनाका आधारमा शनिबार प्रहीले उनको कोठामा छापा मारेको प्रहरी नायब उपरीक्षक गिरिले बताए ।

बरामद मोबाइल र घडीको बजार मुल्य १९ लाख १४ हजार रुपैयाँ मुल्यांकन गरिएकोपनि गिरिले जानकारी दिए । मोबाइल र घडीसहित पक्राउ परेका मनोज कुमारलाई आवश्यक कारबाहीको लागि आइतबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको गिरिले बताए ।

 

Related posts

मन्त्री यादवको पहलमा वीरगन्जको नगवामा साढे ३ करोडको ओभरहेड ट्यांकी निर्माण हुदैं

MadhesKhabar

वीरगन्जमा ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

MadhesKhabar

प्रिशाको मृत्युबारे परराष्ट्रमन्त्री राणा भन्छिन्,’छानविनका लागि कूटनीतिक पहल थालिएको छ’

MadhesKhabar

Leave a Comment