Madhes Khabar
समाचार

वीरगन्जमा ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,६साउनःवीरगन्जमा ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा बिजुलीको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षीय जाहिर अन्सारी रहेको छन् ।

प्रहरीका अनुसार, सोमबार बिहान ११ बजेर १० मिनेटमा आफ्नै घर अगाडि आफ्नो ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा अन्सारीलाई करेन्ट लागेको थियो ।करेन्ट लागेका उनलाई परिवारजनले तत्कालै वीरगन्ज–१५ स्थित तराई हस्पिटलमा उपचारका लागि पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

अन्सारीको शव नारायणी अस्पतालमा सोमबार नै पोस्टमार्टम गरेर दाहसंस्कारका लागि उनको बुबाको जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Related posts

यति एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड ‘आईएसएसए’

MadhesKhabar

पटेर्वासुगौली गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विधालयमा दिवा खाजा वितरण

MadhesKhabar

मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुदाँ १४ जना घाइते

MadhesKhabar

Leave a Comment