Madhes Khabar
समाचार

बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

काठमाडौं,४जेठ: बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए ।

आयोजकले अटेरी गरेर शनिबार रातिसम्म महोत्सव सञ्चालन गरेपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) शुभद्रा वाइबाले आफैं स्टेजमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिइन् ।

भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् ।

अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन् ।

आयोजकले भने एक घण्टा थप अनुमति मागेर साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् । तर, ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन, जसले भिडभाड र झगडाको सम्भावना बढेपछि रोकिएको डीएसपी वाइबाको भनाइ छ ।साभार:अनलाइनखबर

Related posts

बारामा २० केजी चरेस सहित तीन जना पक्राउ

MadhesKhabar

गौरमा आगलागी हुदा तीन बालबालिकाको मृत्यु

MadhesKhabar

मंसिर ४ को निर्वाचन भन्दा ७२ घण्टा अगावै सिमा नाका बन्द गरिने

MadhesKhabar

Leave a Comment