Madhes Khabar
समाचार

प्रधानमन्त्री बालेनलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

काठमाडौं,१०भदाैं:प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिने युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई हाल काठमाडौंकाे कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ।

उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेका थिए।उनले प्रहरीलाई समेत गाली गरेका थिए ।

उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको प्रहरी स्रोतले बताएकाे छ।

Related posts

पर्साको सेमरबारीबाट गाँजा सहित पासवान पक्राउ

MadhesKhabar

कर्तव्य ज्यान मुद्दामा २५ वर्षदेखि फरार अभियुक्त पर्सा प्रहरीद्वारा पक्राउ

MadhesKhabar

मन्त्री गुप्ताले पनि भने : वीरगन्जको मेनराेड २५/२५ मिटर ताेड्न आवश्यक छैन

MadhesKhabar

Leave a Comment