Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जको बाल सुधार गृहमा कैदीबन्दीलाई धम्क्यार १० लाख बढी रकम असुल्ने चाैकीदार गुप्ता पक्राउ

वीरगन्ज,१साउन:वीरगन्जस्थित बाल सुधार गृहका बाल कैदीबन्दीहरुलाई धम्क्याएर १० लाख भन्दा बढी रकम असुल्ने सुधार गृहकै चाैकीदारलाई प्रहरीले पक्राउ गरेकाे छ।

 

पक्राउ पर्नेमा लागू ओैषध सम्बन्धि कसुर मुद्दाका कैदी सिरहाकाे लहान नगरपालिका-३ घर भएका २४ वर्षीय प्रमानन्द गुप्ता रहेका छन्।

 

प्रहरीका अनुसार,बाल सुधार गृहमा क‌ैद भुक्तान गरेर बुधबार उनि छुट्ने दिन सुधार गृहका पिडित बाल कैदीबन्दीहरुले सुधार गृह प्रशासन र त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीलाई आँफुहरुसंग सुधार गृहका चाैकीदारसमेत रहेका गुप्ताले विभिन्न समयमा १० लाख बढी रकम असुलेकाे बारेमा जानकारी गराएका थिए।त्यसलगत्तै प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए।

 

मिश्रका अनुसार,सुधार गृहमा चाैकीदारकाे हैसियतमा रहेका बखत गुप्ताले सुधारगृहमा रहेका १० जना बाल कैदीबन्दीहरुलाई दबाब तथा प्रभावमा पारेर नगद तथा इसेवा मार्फत १० लाख १५ हजार रुपैयाँ असुलेकाे आराेप छ।

 

यसबारेमा बुधबार जानकारी प्राप्त हुनासाथ गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको मिश्रले बताए ।गुप्तालाई प्रहरीको हिरासतमा राखेर उनिविरुद्ध ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुरमा अदालतबाट तीन दिनकाे म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

Related posts

अष्ट्रेलियामा रहेका मधेसीहरुले पर्साकाे बारवा गाँउका ५० दलित परिवारलाई बाँडे कम्बल

MadhesKhabar

दुई वटा मन्त्रालय लिएर जसपा सरकारमा जादैन : प्रदीप यादव

MadhesKhabar

पोखरिया नगरपालिकामा उपमेयरको छड्केअनुगमन, १५ कर्मचारी कारबाहीमा

MadhesKhabar

Leave a Comment