Madhes Khabar
स्थानिय हेडलाइन

पोखरिया नगरपालिकामा उपमेयरको छड्केअनुगमन, १५ कर्मचारी कारबाहीमा

फाइल फोटो : पोखरिया नगरपालिकाको कार्यालय

मधेसखबर
वीरगन्ज,१३बैशाख : पर्साको पोखरिया नगरपालिकाको कार्यालयमा बुधबार उपमेयर रुबी कुमारी ठाकुरले  छड्के अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा उपमेयर ठाकुरले कार्यालय समयमा कार्यालयमा अनुपस्थित रहेका १५ जना कर्मचारीको हाजीरी काटेकी छन् ।
बुधबार बिहान कार्यालय समयमा विभिन्न शाखा र फाँटमा पुगेर ठाकुरले अनुगमन गर्दा १५ जना कर्मचारीहरु अनुपथित रहेको पाइएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत कौशलेन्द्रको रोहबारमा ती कर्मचारीको हाजीरी काट्न लगाएकी हुन् ।

उपमेयर ठाकुरले कर्मचारीहरु कार्यालय समयमा नआउने प्रवृति बढेको गुनासो आएपछि बुधबार आफुले अनुगमन गरेको बताइन् ।

Related posts

पर्सामा एमाले अध्यक्षका लागि ३ नेता आकांक्षी : शर्मा, थारु र पटेलमध्ये कस्ले मार्ला बाजी ?

MadhesKhabar

वीरगन्ज बजारमा अनुगमन टोली पुग्दा पसल बन्द गरेर व्यपारीहरु टाप

MadhesKhabar

छठकाे बिदा बढाउन सरकारसंग माग

MadhesKhabar

Leave a Comment