Madhes Khabar
राजनीति हेडलाइन

दुई वटा मन्त्रालय लिएर जसपा सरकारमा जादैन : प्रदीप यादव

काठमाण्डौं,०५माघ : जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले दुई वटा मन्त्रालयका लागि आफनो पार्टी सरकारमा नजाने बताएका छन्। बिहीबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले सम्मानजनक भागबण्डा नभएसम्म जसपा सरकारमा नजाने बताए ।

उनले जसपाले उपराष्ट्रपतिभन्दा पनि राजनीतिक संवैधानिक भागबण्डा सम्मानजनक हुनुपर्ने अडान लिएको बताए ।यादवले भने ,‘ ’दुई वटा मन्त्रालय लिएर हामी सरकारमा जाँदैनौं। सम्मानजनक भागबण्डा नभएसम्म हामी सरकारमा जाँदैनौं,’।

सञ्चारकर्मीको प्रश्नमा यादवले भने, ’यहाँ उपराष्ट्रपतिको कुरामात्रै होइन , राजनीतिक र संवैधानिक कुराहरू पनि छन्। सबै कुरामा सम्मानजनक बाँडफाँड हुनुपर्छ भन्ने हाम्रो माग हो,’ । साभारः अन्नपूर्ण पोष्ट

Related posts

बाराकाे पचराैता नगरपालिकामा फेरि एक युवककाे हत्या 

MadhesKhabar

मधेस प्रदेश सरकारको विकल्प खोजिनेछ : कांग्रेस महामन्त्री शर्मा

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार सिंहको चुनावी घरदैलो अभियान निरन्तर

MadhesKhabar

Leave a Comment