Madhes Khabar
राजनीति

स्वतन्त्र उम्मेद्वार सिंहको चुनावी घरदैलो अभियान निरन्तर

मधेसखबर
वीरगन्ज,३१ असाेज : पर्सा क्षेत्र नम्बर २ काे (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउने भन्दै मतदाताले नै थालेको घरदैलो अभियान साेमबार पनि जारी छ ।

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त घरदैलो अभियान चलाइरहेका हुन् ।अभियानको दोस्रो दिन साेमबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ को बजार छपकैयाँका मतदाताले उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै विजयी बनाउन कुनै कसर बाँकी नछाड्ने प्रतिबद्धता जनाएका छन् ।

यस अघि जितेर गएकाहरु व्यक्तिगत स्वार्थमा मात्रै लागेको र यस क्षेत्रका लागि उपलब्धिमूलक काम गर्न नसकेको भन्दै अब स्वतन्त्र उम्मेद्वार सिंहलाई नै विजयी बनाउन आफूहरु खटिएको मतदाताहरुले बताएका थिए ।

स्वतन्त्र उम्मेद्वार सिंहले जनभावना र मतदाताकै सल्लाह बमोजिम आफू अघि बढ्ने भन्दै मतदाताको सुझाव अनुसार नै काम गर्ने विश्वास दिलाए ।
शिक्षा, स्वास्थ्यमा बढी जोड दिएको भन्दै सिंहले यस क्षेत्रका मतदाताको आवाज सदनसम्म पुर्याउन र त्यही बमोजिम योजना बनाउन आफू लागि पर्ने पनि बताए ।घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।

Related posts

वीरगन्जमा सानोपाइला सहकारीको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको हो : रवि लामिछाने

MadhesKhabar

रास्वपाले अदालतलाई नै प्रभावित पार्न खाेज्याे : कानूनमन्त्री चाैरसिया

MadhesKhabar

जसपासंग तालमेल गर्दा एमालेलाइ सबै भन्दा बढि फाइदा मधेसमा

MadhesKhabar

Leave a Comment