Madhes Khabar
स्वास्थ्य हेडलाइन

महुवन स्वास्थ्य चौकीमा वीरगन्जको भन्दा सस्तो शुल्कमा एक्स–रे सेवा उपलब्ध

वीरगन्ज, १३ साउन : पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित स्वास्थ्य चौकीमा एक्स–रे सेवा सञ्चालनमा आएको छ ।

महुवन स्वास्थ्य चौकीमा रहेको स्वास्थ्य परिक्षण ल्याबमा मंगलबारदेखि एक्स–रे सेवापनि सञ्चालनमा ल्याइएको हो । मंगलबार स्वास्थ्य चौकीमै पुगेर गाँउपालिका अध्यक्ष यशवन्त यादवले उक्त एक्स–रे सेवाको उद्घाटन गरेका हुन् ।

त्यसअवसरमा गाँउपालिका अध्यक्ष यादवले ग्रामीण भेगका जनतालाई एक्स–रे जस्तो सामान्य सेवाका लागि समेत वीरगन्जको अस्पतालमा पुग्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि गाउँमै रहेको स्वास्थ्य चौकीमा एक्स–रे सेवा सञ्चालनमा ल्याइएको बताए ।

उनले महुवन स्वास्थ्य चौकीमा सञ्चालित एक्स–रे सेवाले वीरगन्जका सरकारी र निजी अस्पतालको तुलनामा कम दरमा सेवा उपलब्ध गराउने जानकारीपनि दिए । वीरगन्जका सरकारी र नीजी अस्पतालमा एक्स–रे को शुल्क ३५० रुपैयाँ रहेकोमा महुवन स्वास्थ्य चौकीबाट भने एक्स–रे को शुल्क ३०० रुपैयाँ मात्र लिइने उनले बताए ।

गाँउपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतो, पाँच वटै वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

आज महानवमी: नवरात्रीकाे अन्तिम दिन विशेष पूजा आरधना गरिदैं

MadhesKhabar

बारामा धमाधम पक्राउ पर्दै मिटरब्याजीहरु

MadhesKhabar

भारतीय बन्दरगाहबाट रेल्वे -याक वीरगन्ज ड्राइपोर्टमा समयमा नआउँदा उद्योगी–व्यपारीहरु मर्कामा

MadhesKhabar

Leave a Comment