
वीरगन्ज,२७माघःभारतका बन्दरगाहबाट रेलमार्ग हुदैं आयात गरिने मालसामानको ढुवानीमा ढिलाई हुदाँ यहाँका आयातकर्ता र उद्योगी व्यपारीहरु मर्कामा परेका छन् ।भारतको कोलकत्ता, हल्दिया र बिशखापटनम बन्दरगाहबाट रेलमार्ग मार्फत आयात हुने मालसामान तिहार यतादेखि सयममै वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहसम्म नआउँदा यसले आँफुहरु मर्कामा परेको उनिहरुको गुनासो छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष माधव राजपालका अनुसार, कोलकत्ता र हल्दिया बन्दरगाहबाट लोड हुने रेल्वे ¥याक यसअघि ३ देखि ४ दिनभित्रमा वीरगन्जको सुक्खा बन्दरगाहसम्म आइ पुग्ने गथ्र्यो । त्यस्तै बिशखापटनम बन्दरगाहबाट लोड हुने रेल्वे ¥याक ५ देखि ७ दिनभित्रमा वीरगन्जको सुक्खा बन्दरगाहमा आइपुग्थ्यो ।
तर तिहारयतादेखि भने भारतका बन्दरगाहबाट नेपाली मालसामान लोड भएका रेल्वे ¥याकहरु पहिलेको भन्दा दोब्बर बढी समय बिताएर वीरगन्ज आइपुग्ने गरेको राजपालले बताए ।
उनले भने,‘तिहारदेखि यता कोलकत्ता र हल्दिया बन्दरगाहबाट लोडभएको रेल्वे ¥याक वीरगन्ज आइपुग्दा ८ देखि १५ दिनसम्म लाग्ने गरेको छ । यस्तै बिशखापटनम बन्दगरगाहबाट लोड भएका रेल्वे ¥याकहरु वीरगन्ज आइपुग्दा १५ देखि २० दिनसम्म लाग्ने गरेको छ ।
यसले मालसामानको ढुवानी लागत दोब्बरले बढेको उनले बताए । त्यस्तै कच्चा पदार्थहरु समयमा नआइपुग्दा यहाँ रहेका उद्योगहरुको उत्पादनमा पनि असर परिरहेको राजपालले बताए । उनले भने,‘ कच्चा पदार्थहरु समयमा नआइपुग्दा उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । साथै उत्पादन लागतपनि बढ्न थालेको छ ।उद्योगले उत्पादनहरु बजारमा समयमा आपूर्ति पनि गर्न सकेका छैनन् ।’
भारतीय बन्दरगाहबाट लोड भएका नेपाली सामानका रेल्वे ¥याकहरु वीरगन्जमा समयमा नआउने समस्या विगत तीन महिनादेखि निरन्तर भइरहेको संघका अध्यक्ष हरि गौतमले बताए ।
यो समस्याका बारेमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटी माघ २२ गते वीरगन्ज आएका बेला ध्यानाकर्षण पनि गराइसकेको अध्यक्ष गौतमले बताए ।उनकै आग्रहमा मंगलबार संघले मन्त्रालयमा पत्रचार गरेर पनि यो समस्याका बारेमा ध्यानाकर्षण गराएको अध्यक्ष गौतमदे जानकारी दिए ।
भारतीय बन्दरगाहहरुबाट नेपाली मालसामानका ¥याक लोड भई वीरगन्जका लागि हिड्ने रेल बीच बाटोमै बिना कुनै कारण रोकिएर बस्ने गरेकोले समयामा नआइरहेको उनले बताए ।
यो समस्या समाधानका लागि भारत सरकारका साथै त्यहाँको भारतीय रेल्वे मन्त्रालय र विभागसंग नेपाल सरकारले उच्चस्तरमा संवाद वा पत्रचार गरिदिन आग्रहसहित उद्योग सचिवलाई आग्रह गरिएको गौतमले जानकारी दिए । उनले भने,‘ संघ यो समस्याको दीर्घकालिन समाधान होस् भन्ने चाहन्छ । त्यसका लागि नेपाल सरकार र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले छिट्टै पहल गर्नुपर्छ । अन्यथा यहाँका उद्योगधन्दा धराशायी हुने निश्चित छ ।’

