Madhes Khabar
स्वास्थ्य

छात्राहरुसंग यौनजन्य दुर्व्यवहार गरेको आरोपमा नारायणी अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ

?

वीरगन्ज,२३बैशाखः वीरगन्जस्थित नारायणी अस्पतालमा महिला स्वास्थ्यकर्मीसंग यौनन्य दुव्र्यवहार गरेको आरोप लागेका अस्पतालमै कार्यरत एक पुरुष स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अस्पतालको आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेण्ट(एचए) अगन्ध चौरसियालाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

अस्पतालको आकस्मिक कक्षमा ओजेटी (अन जब ट्रेनिङ) का रुपमा कार्यरत मोडेल कलेजका दुई छात्रासंग चौरसियाले यौनजन्य दुव्यवहार गरेको आरोपमा प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवत्तःा प्रहरी नायब उपरीक्षक कुमार त्रिवmम थापाले बताए । उनले भने,‘ आँफुहरुसंग चौरसियाले सेक्सुअल ह्रान्समेन्ट गरेको भन्दै दुई छात्राले ठाडो उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसबारेमा अनुसन्धान भइरहेको छ ।’ पिडित भनिएका पक्षबाट आरोप पुष्टि हुने प्रमाणपनि मागिएको उनले बताए ।

यता पीडित भनिएका छात्राहरूले प्रहरीमा दिएको ठाडो उजुरीमा चौरसियाले केहि समयदेखि ब्यालेकमेलिङ् गर्दै अनैतिक कृयाकलाप गर्न दबाब दिदै आएको तर आँफुहरुले अस्वीकार गरेपछि अस्पतालबाट निकालिने दिने धम्कीसमेत दिने गरेको आरोप लगाएका छन् । आरोपित चौरसिया, दैनिक ज्यालादारीमा विगत चार महिनादेखि नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत रहेका छन् ।

Related posts

नेशनल मेडिकल कलेज र शिवम फार्मास्युटिकल्सबीच भयो स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

MadhesKhabar

बिरामीको उपचारमा प्रभु र नीलकण्ठ अस्पतालको खेलवाड, आइसियु र अप्रेसन थियटरमै भेटियो म्याद गुज्रेका औषधि

MadhesKhabar

पर्सामा सन्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी शुरु

MadhesKhabar

Leave a Comment