Madhes Khabar
स्वास्थ्य

आँखा पाक्ने राेगकाे प्रकाेपबाट जाेगाउन वीरगन्जका सरकारी विद्यालयमा निशुल्क शिविर सञ्चालन

वीरगन्ज ,२४साउन: देशैभर आँखा पाक्ने राेगकाे प्रकाेप फैलिरहेका बेला वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवामास्थित सिन्दुरियामाई आधारभूत विद्यालयमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

 

विगत केही समय यता देशैभर आँखा पाक्ने रोगको संक्रमण फैलिएकाले त्यसलाई मध्यनजर गरि सिन्दुरियामाई आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

साहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७५ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए। आँखा जाँच गरिएका विद्यार्थी मध्ये ४० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या भेटिएको र १० प्रतिशत विद्यार्थीमा दृष्टि दोषको समस्या देखिएको शिविरमा खटिएका दृष्टि विशेषज्ञ नैन यादवले जानकारी दिए ।

आँखा पाक्ने समस्या देखिएका विद्यार्थीलाई शिविरमा निशुल्क औषधी समेत उपलब्ध गराइएको अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।

साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा बुधबारबाट सुरु भएको शिविर वीरगन्जका अन्य सामुदायिक विद्यालयमापनि सञ्चालन गरिने सहनीले बताए ।

बुधबार सम्पन्न शिविरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरचन्द्र यादव, प्रधानाध्यापक हरेन्द्र चौरसिया, साहिब दरबारका सदस्य सुरज गुप्ता, अवधेश यादव, हफिज मियाँ लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

साउन १ गतेदेखि नारायणी अस्पतालकाे सरसफाइ वीरगन्ज महानगरपालिकाले गर्ने

MadhesKhabar

श्रीराम हस्पिटलमा रक्तदान कार्यक्रम, ५२ पोका रक्त संकलन

MadhesKhabar

वीरगन्जमा घुम्ती शीवीर सन्चालन गरि रिक्सा ठेला मजदुरहरुको स्वास्थ्य परिक्षण

MadhesKhabar

Leave a Comment