Madhes Khabar
स्वास्थ्य

रेडक्रस दिवसको अवसरमा वीरगन्जमा आयोजित निःशुल्क शिविरबाट ३५ जना लाभान्वित

वीरगन्ज,१९ भदौं : ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा वीरगन्जमा निशुल्क मधुमेह रोग परिक्षण शिविर आयोजना गरिएको छ ।गिता मन्दिर परिसरमा रेडक्रस सोसाइटी माईस्थान उपशाखाले आयोजना गरेको शिविरबाट ३५ जनाले लाभ लिएका छन् ।

विरमा डा.प्रमोद सरार्फ, डा. निरज सिंह, डा. दिप्ती यादव, डा. सागर सर्राफ लगायतका चिकित्सकहरुले शिविरमा आएकाहरुको स्वास्थ्य परिक्षण गरि आवश्यक परामर्श दिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको अध्यक्षता तथा रेडक्रस सोसाइटी मधेस प्रदेसका अध्यक्ष फुलमहम्मद मियाँकोे प्रमुख आतिथ्यतामा आयोजित शिविरमा रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेल, शैलेन्द्र कुमार चौरासीया, साबिर अहम्मद एराज, दिनानाथ रौनियार, दयाशंकर सिह, काशी प्रसाद साह, संतोष गुप्ता, उमेस गुप्ता लगायतकोपनि उपस्थिती रहेको राजन श्रीवास्तवले जानकारी दिए ।

Related posts

आँखा,कान,नाक,घाँटी र मुखको प्राथमिक उपचार बारे पर्साका स्वास्थ्यकर्मीलाई दिइयो तालिम

MadhesKhabar

कान्ति बाल अस्पतालको बेथिती सुधार गर्न स्वास्थ्थ्य मन्त्री यादवको निर्देशन

MadhesKhabar

वीरगन्जको घण्टाघर चोकमा आयाोजित निःशुल्क शिविरबाट १०३ जना लाभान्वित

MadhesKhabar

Leave a Comment