वीरगन्ज,१०जेष्ठःपर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीस्थित बहुदरमाई हेल्थ केयर एण्ड रिसर्च सेन्टर अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १ सय बढी जनाले लाभ लिएका छन् ।
गत चैत २१गतेदेखि सञ्चालनमा आएको उक्त हस्पिटलले बिहीबार निःशुल्क स्वास्थ्य शिविरमा १ सय भन्दा बढी मानिसकोे स्वास्थ्य परिक्षण गरिएको र औषधिपनि निःशुल्क वितरण गरिएको हस्पिटलका उपेन्द्र सिंह यादवले जानकारी दिए । यस्तै शिविरमा २५ प्रतिशत छुट शुल्कमा ल्याब टेष्टपनि गरिएको उनले बताए ।
शिविरमा आएकाहरुको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर मञ्जु राय र जेनरल फिजिसियन डाक्टर विपुल शर्माले स्वास्थ्य जाँच गरेका थिए । ग्रामिण भेगका बिरामीहरुलाई लक्षित गर्दै शिविरको आयाोजना गरिएको भन्दै यादवले आगामी दिनममा पनि यस्ता शिविर आयोजना गरिने बताए ।

