Madhes Khabar
समाज स्वास्थ्य

सखुवा प्रसौनीको श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

वीरगन्ज,२१असोजःपर्साको सखुवा प्रसौनी गाँउपालिकाको वडा नंम्बर २ श्रीपुरमा शनिबार आयोजित निःशुल्क आँखा जाँच शिविरमा ४ सय ४५ जनाको आँखा परीक्षण गरिएको । शिविरमा आँखा परिक्षण गरिएका मध्ये १ सय ५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।

नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा सखुवा प्रसौनी गाँउपालिका २ श्रीपुरमा एकदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।

मोतियाबिन्दु देखिएका सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्य शल्यक्रिया गरिने बताइएकोछ । आर्थिक अभाव र पहुँचको अभावमा कोही पनि नागरिक आँखा उपचार सेवाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायहरुसँगको सहकार्यमा देशैभरि निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुमार्फत नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको जनाएको छ ।

स्थापनादेखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरु मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया गरिसकेको जनाएको छ ।

 

Related posts

वीरगन्जको आदर्शनगरमा रुंगटा वेल फेयर साेसाइटीद्वारा २०० जनालाई कम्बल वितरण

MadhesKhabar

वीरगन्जमा हैजाको महामारी नियन्त्रणका लागि हरसम्भव प्रयास गर्न मुख्यमन्त्री सिंहको निर्देशन

MadhesKhabar

वीरगन्जमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो ,६ जनामा संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment