Madhes Khabar
स्थानिय हेडलाइन

सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

प्रमोद यादव
पर्सा,१०असारःपर्साको सखुवा प्रसौनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५९ करोड बढीको बजेट ल्याएको छ । मंगलबार सम्पन्न सखुवा प्रसौनी गाँउपालिकाको १५ औं गाँउसभा अधिवेशनमा गाँउपालिका उपाध्यक्ष शर्मिला विष्ट आगामी आर्थिक वर्षका लागि ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँ बराबरको अनुमानित आयव्यसहितको बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा कूल शसर्त अनुदान २३ करोड २९ लाख ,समपुरक अनुदान ५१ लाख,विशेष अनुदान ७५ लाख ,आन्तरिक श्रोतबाट४४ लाख ८५ हजार,वित्तीय समानीकरण अनुदान ११ करोड ४५ लाख ६२ हजार,राजस्व बाँडफाँडतर्फ १० करोड ८६ लाख ११ हजार ३०३ रुपैयाँ रहेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाले जानकारी दिए ।

सखुर्वा प्रसौनी गााउपालिकाले आगामी आर्थिक वर्षका लागि खेलकुद ,शिक्षा,स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार निर्माणका योजना तथा कार्यक्रमहरुलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको गाँउपालिका अध्यक्ष जसवन्त यादवले बताए ।

यसकासाथै नीति तथा कार्यक्रम र बजेटमा महिला सशक्तीकरण, युवा उद्यमशीलता, वातावरण संरक्षण र विपद् व्यवस्थापन क्षेत्रलाईपनि समेटिएको उनले बताए । उनले ‘एक गाउँ, एक उद्यम’ कार्यक्रममार्फत प्रत्येक वडामा कम्तीमा एउटा उद्योग स्थापना गरी स्थानीय युवा र महिलालाई रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेकोपनि बताए ।

गाँउपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको गाँउसभा अधिवेशनमा उपाध्यक्ष शर्मिला विष्ट,प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहा,६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य कर्मचारी,समाजसेवी लगायतकाको हभागिता रहेको थियो ।

 

Related posts

पर्सामा गाँजा खेती नष्ट गर्ने प्रहरीको अभियान तिब्र

MadhesKhabar

पर्साका सुकुम्बासीलाई लालपुर्जा बाँड्न ‘तीन पालिका,तीन महिने एक्शन अभियान’ सञ्चालन

MadhesKhabar

साँढेको आक्रमणबाट घाइते रामको उपचार खर्च महानगरले व्यवहोर्छ – मेयर सिंह

MadhesKhabar

Leave a Comment