Madhes Khabar
मधेस प्रदेश

बन्द गराउँदै हिँड्ने आजपाका २३ नेता-कार्यकर्ता पक्राउ

जनकपुरधाम,११पुष:बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का २३ जना नेता-कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

बिहीबार बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको अवाले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज बिहीबार मधेस बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज बिहीबार एक दिन मधेस बन्द घोषणा गरेको हो ।

यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ । राष्टिय सभा निर्वाचनको मतदान जारी छ ।साभार:अनलाइनखबर

Related posts

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने सिडिओसहितका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

MadhesKhabar

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

रौतहटमा कार र ट्रक आपसमा ठोकिँदा १ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment