वीरगन्ज,२३पुष:नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएकाे बताएका छन्।साेमबार बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरीमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने,`याे देश राजामहाराजाकाे देश हाेइन । जनताकाे देश हाे ।अब राजा आउने कल्पना नगरे हुन्छ।
राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेकाे जिकिर उनले गरे।
उनले देशमा भ्रष्टाचारका विरुद्ध नेकपा एकिकृत समाजवादी र नेकपा माओेवादी एकसाथ मिलेर अगाडि बढेकाे बताए ।उनले भने,`देशलाई समृद्धिकाे बाटाेमा लैजान एकिकृत समाजवादी र माओवादीकाे विकल्प नै छैन।
नेपालले युवाकाे विदेश पलायन राेक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्नेमा जाेड दिए।
कार्यक्रममा विभिन्न दल परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।
नेकपा एकिकृत समाजवादीका परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष रामकेश्वर पटेलकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममै अनिल कुमार साहकाे अध्यक्षतामा नेपाल रिटर्नी एशाेसियसनकाे बारा जिल्ला कमिटी गठनपनि गरिएको छ।

