Madhes Khabar
राजनीति

नेपालमा अब राजा फर्कने सम्भवना नै छैन : माधव नेपाल

वीरगन्ज,२३पुष:नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएकाे बताएका छन्।
साेमबार बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरीमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने,`याे देश राजामहाराजाकाे देश हाेइन । जनताकाे देश हाे ।अब राजा आउने कल्पना नगरे हुन्छ।
राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेकाे जिकिर उनले गरे।
उनले देशमा भ्रष्टाचारका विरुद्ध नेकपा   एकिकृत समाजवादी र नेकपा माओेवादी एकसाथ मिलेर अगाडि बढेकाे बताए ।उनले भने,`देशलाई समृद्धिकाे बाटाेमा लैजान एकिकृत समाजवादी र माओवादीकाे विकल्प नै छैन।
नेपालले युवाकाे विदेश पलायन राेक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्नेमा जाेड दिए।
कार्यक्रममा विभिन्न दल परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।
नेकपा एकिकृत समाजवादीका परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष रामकेश्वर पटेलकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममै अनिल कुमार साहकाे अध्यक्षतामा नेपाल रिटर्नी एशाेसियसनकाे बारा जिल्ला कमिटी गठनपनि गरिएको छ।

Related posts

पर्सामा जसपाको विवाद समाधान गर्न प्रदेश अध्यक्ष यादवको अध्यक्षतामा कार्यदल गठन

MadhesKhabar

दुई वटा मन्त्रालय लिएर जसपा सरकारमा जादैन : प्रदीप यादव

MadhesKhabar

पर्सामा एमालेलाई ठूलो झट्का , ५४२ नेता कार्यकर्ताले छाडे एमाले

MadhesKhabar

Leave a Comment