वीरगन्ज,२० भदौं :पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर २ मा जनमत पार्टीको वडा समिति गठन गरिएको छ । शुक्रबार बलुवा गाँउमा सम्पन्न जनमत पार्टीको भेलाले ३१ सदस्यिय वडा समिति गठन गरेको हो ।
यस्तै उक्त भेलामै बलुवा टोलका ५० भन्दा बढी व्याक्ति जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।
जनमत पार्टीका गाँउपालिका अध्यक्ष रामप्रवेश चौधरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष सरार्फको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनमत पार्टीका प्रदेश समिति सदस्य बृजेश्वर प्रसाद चौधरी,नेताहरु जगदीश पटेल, गौरीशंकर पटेल, .सुनिल मुखिया,धिरेन्द्र पञ्जियार,रनु यादव लगायतकाकोपनि सहभागिता रहेको थियो ।

