Madhes Khabar
राजनीति

वीरगन्ज महानगरमा मात्रै २७ हजार मतदाता एमालेमा प्रवेश गरेको दाबी

मधेस खबर
वीरगन्ज, १९ बैशाख
:स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता मात्रै वीरगन्ज महानगरमा २७ हजार भन्दा बढि मतादाताहरु नेकपा एमालेमा प्रवेश गरेको एमालेका नेताहरुले दाबी गरेका छन् ।
फागुन देखि यता आइतबार सम्म वीरगन्ज महानगरका २७ हजार ६ सय ३९ मतदाता , अन्य दल परित्याग गरि एमालेमा प्रवेश गरेको एमाले पर्साका इन्चार्ज प्रभु हजराले दाबी गरेका हुन् ।
त्यसकारण वीरगन्ज महानगरमा एमाले–लोसपा गठबन्धनका मेयर उम्मेदवार विजय सरावगीको जित सुनिश्चित जस्तै भइसकेको हजराको जिकिर छ ।
हजराले भने ,‘ आइतबार सम्म साढे २७ हजार भन्दा बढि नै मतदाता एमालेमा प्रवेश गरिसकेका छन् , विगतको निर्वाचनमा एमाले उम्मेदवारले ८ हजार भन्दा बढि मत ल्याएका थिए , निवर्तमान मेयर अहिलेका एमाले उम्मेदवार सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गरेका थिए , यीनै मत जोड्दा पनि अहिले सरावगीको जित सुनिश्चित देखिन्छ ।
बैशाख ३० को निर्वाचन आउन अझै पनि १० दिन बाँकी नै रहेकाले यो अवधीमा अझै थुप्रै मतदाताहरु एमालेमा प्रवेश गर्ने र योसंगै लोसपासंग गठबन्धन पनि रहेकाले यसले आफुहरुको जितलाइ थप सुनिश्चित गराएको हजराले बताए ।
यसैगरि लोसपाका वरिष्ठ नेता एंव सांसद लक्ष्मणलाल कर्ण , लोसपाकै नेता एंव सांसद बिमल प्रसाद श्रीवास्तव, प्रदेशसांसद रमेश पटेल , लोसपा नेता शशि कपुर मियाँले पनि एमाले लोसपा गठबन्धनलाई जिताउन लागि परेको उनले बताए ।


वीरगन्ज महानगरमा मेयरमा एमाले–लोसपा गठबन्धनबाट मेयरमा एमालेबाट निवर्तमान मेयर विजय सरावगी र उमपेयरमा लोसपका पुरुषोत्तमलाल झा चुनावी मैदानमा छन् ।
सत्तागठबन्धनबाट महानगरको मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा काँग्रेसका इम्तियाज आलम उम्मेदवार छन् ।
२०७४ को निर्वाचनमा मेयरमा कसले कति मत ल्याएका थिए ?
२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र हालको जसपाबाट चुनाव लडेका सरावगी १९ हजार ३ मतका साथ मेयरमा निर्वाचित भएका थिए । काँग्रेसका उम्मेदवार अजय द्धिवेदी भने १७ हजार १ सय ९७ मतका साथ दोश्रो स्थानमा रहेका थिए । तेश्रो स्थानमा रहन पुगेका तत्कालीन राजपाका उम्मेदवार राजेशमान सिंहले भने १२ हजार १ सय ६५ मत ल्याएका थिए । त्यस बेला फोरम लोकतान्त्रिकका उम्मेदवार विमल श्रीवास्तवले ८ हजार ७ सय १०, एमालेका उम्मेदवार बसरुद्धिन अन्सारीले ८ हजार ६ सय ८८ र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ८ हजार ३ सय ५ मत प्राप्त गरेका थिए ।
ती मध्ये अहिलेको निर्वाचनमा पाच दलीय गठबन्धनमा जसपा , काँग्रेस , माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरि ४ दलको मेयरमा साझा उम्मेदवार राजेशमान रहेकाले एमालेले भनेको जस्तो उसको सहज जितको दाबी , कठिन देखिन्छ ।

Related posts

खानेपानी मन्त्री यादवको प्रमुख राजनीतिक सल्लाहकारमा बाराका गुप्ता नियुक्त

MadhesKhabar

पर्सामा लाेसपाका नेताहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

नवनियुक्त कानुनमन्त्री अजय चौरसिया : २३ बर्षपछि फेरि पाए मन्त्री बन्ने अवसर

MadhesKhabar

Leave a Comment