Madhes Khabar
राजनीति

सशस्त्र प्रहरीको हत्या प्रकरणमा लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम,२१बैशाखःमधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् ।

मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य (प्रदेश सांसद) तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१०को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१÷०१÷१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्यको पदबाट निलम्बन गर्ने निर्णय गर्नुभउको यो सूचना सम्बन्धित सबैमा जानकारी का लागि प्रकाशित गरिएको छ।’ साभारः अनलाइनखबरबाट

Related posts

आम जनता पार्टी (आजपा) को चुनावी घोषणापत्र सार्वजनिक

MadhesKhabar

एमाले उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै वीरगन्ज–३२ का वडाध्यक्ष रियाज एमालेमा प्रवेश

MadhesKhabar

ठोरीको विजयबस्ती, निर्मलबस्ती र शिकारीबासमा पर्सा–४ का कांग्रेस उम्मेदवार रिजालको शक्ति प्रदर्शन

MadhesKhabar

Leave a Comment