Madhes Khabar
राजनीति

वीरगन्जको मतगणना स्थल बाहिर होहल्ला , भित्र भने मतगणना जारी

तस्वीर :विकास तिवारी

मधेसखबर
वीरगन्ज ,३१ बैशाख
:वीरगन्ज महानगरपालिकाको मतगणनास्थल बाहिर होहल्ला भइरहेको छ ।
वीरगन्ज १४ पिपरा स्थित नृसिंह माविको मतगणनास्थल बाहिर युवाहरुको एक समुहले होहल्ला गरिरहेको हो । मतगणनास्थल सुरक्षामा खटिएका प्रहरी र सेनाले होहल्ला नगर्न पटक पटक अनुरोध गरिहेको भएपनि होहल्ला गर्ने क्रम रोकिएको छैन ।
मतगणना निक्कै सुस्त गतिमा भइरहेको भन्दै उनिहरुले होहल्ला गरिरहेका हुन् ।
मतगणनास्थल भित्र भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । बाहिर के कारण होहल्ला भइरहेको भन्ने बारे आफुलाइ जानकारी नभएको उनले बताए ।


यसअघि नृहसिंह माविको कोठा नम्बर १०२ मा वडा नम्बर १ को मतगणना प्रकृया शुरु गरि मतपेटिका खोल्नै लाग्दा उम्मेदवारहरुका प्रतिनिधीहरु बिच विवाद भएपछि मतगणना केहि बेर रोकिएको थियो ।
तर पछि सुरक्षाकर्मीले विवाद गर्नेहरुलाइ बाहिर निकाले पछि मतगणना फेरि शुरु भइसकेको छ ।

मतगणनास्थलमा अहिले महानगरको वडा नम्बर ३१ , ३२ , २ र १ मतगणना जारी रहेको मतगणनास्थलबाट सन्चारकर्मी अमित अग्रवालले जानकारी दिए । शुक्रबार भएको मतदानमा वीरगञ्ज महानगरपालिकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

Related posts

स्वतन्त्र उम्मेद्वार सिंहको चुनावी घरदैलो अभियान निरन्तर

MadhesKhabar

मधेसमा कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा : पर्साबाट ४० जनाले गरे हस्ताक्षर

MadhesKhabar

सरकारको जाँचबुझ आयोगले गुण्डु पुगेर एमाले अध्यक्ष केपी ओलीसंग लियो ‘बयान’

MadhesKhabar

Leave a Comment