Madhes Khabar
राजनीति

मुख्यमन्त्री सोनल र बेलायती दूतावासका प्रतिनिधीबीच भेटघाट

वीरगन्ज,१३कात्तिक :मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच शिष्टाचार भेटघाट भएको छ । विहीबार जनकपुरमा भएको भेटका क्रममा दुई पक्षबीच विकास साझेदारी र सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको मुख्यमन्त्रीको निजिी सचिवलयले जनाएको छ ।

भेटका क्रममा मुख्यमन्त्री सोनलले मधेस प्रदेश सरकारको प्राथमिकतामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको बताए ।मुख्यमन्त्री सोनलले मधेस प्रदेशको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार पूर्णरूपमा तयार रहेको स्पष्ट पारे ।

त्यस्तै बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा दूतावासको तर्फबाट सहकार्य र समर्थनका लागि प्रतिबद्धता व्यक्त गरिन् । भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरूका साथै बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

Related posts

आफैलाइ भोट हाल्न नपाउने पर्साका उम्मेदवारहरु

MadhesKhabar

वीरगन्जको उपमेयरमा पराजित जयसवाल सांसद बन्न सफल

MadhesKhabar

लक्ष्मीपुरमा रमेश रिजालको घरदैलो कार्यक्रम सम्पन्न , उत्साहजनक सहभागिता

MadhesKhabar

Leave a Comment